अवैध भरुवा बन्दुक सहित राजपुरबाट एकजना पक्राउ

शिवु खनाल १२ भाद्र २०७९, आईतवार मुख्य नेटवर्क

देउखुरी । भरुवा बन्दुक सहित प्रहरीले दाङमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नं १ कटवेरुवा बस्ने अंन्दाजी ४२ वर्षीय राम बहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए । चौधरीलाई गढवा गाउँपालिका वडा नं ७ स्थित ज्योती सामुदायिक वन सिकार खेल्न गएका छन् भन्ने सुचनाका आधारमा पक्राउ गरिएको प्रहरीले बताएका छन ।

चौधरीको साथबाट अवैध रुपमा रहेको एक थान भरुवा बन्दुक, बन्दुकको नालमा २ वटा फलामको छर्रा र १ वटा गोली कपडाको टुक्रा र कालो रङको बारुद जस्तो धुलो पदार्थ रहेको,निजले बोकेको कालो रङको पछाडी बोक्ने झोला भित्र प्लाष्टिकमा पोको पारी राखेको अवस्थामा भरुवा बन्दुकमा प्रयोग हुने फलामको गोली थान-१९, फलामका साना ठुला छर्रा थान-१२६ , कपडाको सानाठुला टुक्रा थान-१२, गोल्डी हिंग लेखिएको सानो प्लाष्टिक डिब्बा भित्र केप थान-४ , २ वटा प्लाष्टिक डिब्बामा कालो रङको बारुद जस्तो देखिने धुलो पदार्थ अन्दाजी २०० ग्राम समेत बरामद गरेको प्रवक्ता गौतमले बताए । चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक अनुशन्धान कार्य भैरहेको दाङ प्रहरीले बताएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार