आज थप ८६८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ ।    पछिल्लो २४ घण्टामा थप आठ सय ६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार छ हजार सात सय पाँच जनामा गरिएको परीक्षणमध्ये आठ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार आठसय ८५ पुगेको छ । काठमाडौँ उपत्यकामा तीन सय जनामा सङ्क्रमण पुष्टि भएको छ । ललितपुरमा ५३, भक्तपुर १८ र काठमाडौँमा दुईसय २९ जनामा सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

यस्तै आज कोरोना भाइरसबाट निको भइ चार सय १४ जना घर फर्किएका छन् । साउन एक गतेको सङ्क्रमण दर चार प्रतिशत रहेकामा आज १३ प्रतिशत पुगेको अधिकारीले बताउनुभयो । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट तीन जनाको निधन भएको छ । हालसम्म ११ हजार नौसय ७७ जनाको सङ्क्रमणबाट निधन भएको छ ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला मोरङ रहेको छ । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, कालीकोट र हुम्ला छन् ।

हाल होम आइसोलेशनमा पाँच हजार पाँच सय ७१ जना, संस्थागत आइसोलेशनमा दुई सय १४, सघन उपचार कक्ष ९आइसियु०मा ६४ र भेन्टिलेटरमा सात जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा एक लाख ३८ हजार आठ सय ४० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार