४० किलो तौल घटाएर २५ किलोकी भइन् युवती, अंगले काम गर्न छाडे : अस्पताल भर्ना

काठमाडौँ ।  एक वर्षमा ४० किलो तौल घटाएपछि चीनकी एक ३० वर्षीया महिला पछिल्लो समयमा चर्चामा आएकी छिन् । चीनको हुबेई प्रान्तकी नाम नखुलाइएकी ती महिला सुरुमा ६५ किलो थिइन् ।

 

१६५ सेमी उचाई भएकी उनले अत्यधिक डाइटिङका कारण एक वर्षमा आधाभन्दा बढी तौल घटाएपछि स्वास्थ्यसम्बन्धी गम्भीर समस्या सामना गरेकी छिन् । सोही कारण उनी अस्पताल भर्ना भएकी थिइन् ।

हेङ्सुई सहरको एक अस्पतालका चिकित्सकहरू ती महिलाको तौल जम्मा २५ किलोग्राम देखेपछि चकित परेका थिए । उनलाई एनोरेक्सिया नर्भोसा भएको थियो । चिकित्सकहरूका अनुसार खानपानमा असन्तुलन वा अत्यधिक डाइटिङ गर्नेमा यस्तो समस्या देखिने गर्छ ।

उनका विभिन्न अंगले काम गर्न छोडेका थिए । मुटुमा समस्या देखिएको थियो भने कपाल झर्न सुरु भएको थियो । उनलाई ग्यास्टिक हुनुका साथै महिनावारी रोकिएको थियो ।

‘उनलाई एनोरेक्सिया नर्भोसा भएको थियो । शारीरिक र मानसिक अवस्था कमजोरीका बाबजुद उनले खानाका लागि कुनै इच्छा देखाइनन्’, महिलाको उपचार गर्ने एक डाक्टरले भने । उनले अगाडि थपे, ‘उनी गम्भीर बिरामी भइन् र धेरै अंगले काम गर्न छोडेपछि उनलाई उपचारका लागि आईसीयूमा भर्ना गरिएको थियो । ’

जीवनशैलीमा गम्भीर परिवर्तन नगरेमा उनी मर्न सक्ने चेतावनीका बाबजुद ती महिलाले चिकित्सकले सिफारिस गरेको उपचार अस्वीकार गरेकी थिइन् ।

खानेकुरा छाड्नुको अतिरिक्त उनले क्याथर्टिक्स, रेचक र एक्युपङ्चरसहित अन्य तौल घटाउने विधिहरू प्रयोग गरेकी थिइन् । २५ केजी तौल भएकी ती महिलालाई अहिले सामाजिक सञ्जालमा चीनको ‘पातलोपनको प्रतिक’ भनेर व्यंग्य गरिन थालिएको छ । चिनियाँ संस्कृतिमा पातलो पनलाई सधैं महत्व दिइन्छ ।

अडिटी सेन्ट्रल

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार