८३ वर्षीय जापानी नागरिकले एक्लै डुङ्गाबाट पार गरे प्रशान्त महासागर

उज्यालो प्रतिनिधि २१ जेष्ठ २०७९, शनिबार रोचक बिचित्र

काठमाडौँ ।  जापानका ८३ वर्षीय केनिची होरीले शनिबार नयाँ कीर्तिमान बनाएका छन् । उनले आफ्नो यट ९डुङ्गा० मा एक्लै र बीचमा नरोकी प्रशान्त महासागरमा पार गर्ने सबैभन्दा वृद्धि व्यक्तिको कीर्तिमान बनाएका हुन् ।

 

होरी गत मार्च २७ मा क्यालिफोर्नियाको सान फ्रान्सिस्कोबाट आफ्नो ६ मिटर लामो यट ‘सन्टोरी मरमेड थ्री’मा यात्रा सुरु गरेका थिए । ​केनिचीले ७० दिनमा ८५०० किमी दुरी यात्रा तय गरेर शनिबार बिहान अर्थात जुन ४ मा पश्चिम जापानको की तटमा ओर्लिए ।

 

 

होरीले पछिल्लो यात्रा त्यति सहज नभएको र यात्राको पछिल्लो तीन दिन समुन्द्र छालले दुःख दिएको बताए । परिवारका सदस्य उनको यात्रालाई लिएर धेरै चिन्तित भएकाले उनी हरेक दिन स्याटेलाइट फोनमार्फत परिवारसँग कुरा गर्ने गर्थे । परिवारको चिन्ता हटाउन उनी यस्तो कार्य गर्थे ।

‘कुनै दिन मैले परिवारलाई एक पटक फोन गरिन भने उनीहरू चिन्तित हुन्थे । त्यसैले म नबिराई फोन गर्थे तर यात्रामा परिवारसँगको यही अन्तरक्रिया नै मेरो बल बन्यो र मैले आफ्नो यो यात्रा पूरा गर्न सकेँ ,’ होरीले भने ।

होरीले यसअघि पनि प्रशान्त महासागरको वारपार गरिसकेका थिए । सन् १९६२ मा उनी २३ वर्ष हुदाँ प्रशान्त महासागर एक्लै पार गरेका थिए । त्यस बेला उनको नाममा विश्वमा पहिलो पटक, सबैभन्दा कान्छो मानिसले प्रशान्त महासागर एक्लै पार गरेको रेकर्ड बनेको थियो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार