मुलुकभर थप १२ जनामा कोरोना पुष्टि

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण आज १२ जनामा मात्र देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा तीन हजार ६२७ जनामा कोरोना परीक्षण गर्दा १२ मा सङ्क्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १५० रहेका छन् । पछिल्लो समय नौ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ९३८ पुगेको छ । निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित भएको ३१ जिल्ला पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७.२ प्रतिशत छ । नेपालमा प्रतिदश लाखमा ३९३.४ को निधन भएको छ । हाल होम आइसोलेसनमा १५० जना रहेका छन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार