नेपालमा थप १५ जनामा कोरोना पुष्टि

उज्यालो प्रतिनिधि २३ बैशाख २०७९, शुक्रबार कोरोना [Covid-19] विशेष

काठमाडौं ।  नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ४५३ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १५ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४५० जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १५ जना र १ हजार ३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कुनैमा पनि कोरोना संक्रमण पुष्टि भएको छैन । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ११२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर १७ संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार ७४७ पुगेको छ । पछिल्लो २४ घण्टामा पनि कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५१ ले ज्यान गुमाइसकेका छन् । हाल नेपालमा २ सय १५ जना सक्रिय संक्रमितहरु आइसोलेशनमा रहेका छन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार