न्युयोर्कका मेयरलाई कोरोना पोजेटिभ

वासिङ्टन । अमेरिकाको न्युयोर्क सहरका मेयरलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । न्युयोर्कका मेयर एरिक आदम्सलाई कोरोना पोजेटिभ देखिएको उहाँको कार्यालयले जनाएको छ ।मेयर आदम्सको कार्यालयले आइतबार विज्ञप्ति प्रकाशन गरेर उनलाई कोरोना भाइरस देखिएको जानकारी दिएको अमेरिकाबाट विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सो विज्ञप्तिमा उनलाई भाइरसको त्यस्तै कुनै असर नदेखिएको तर उनको स्वास्थ्य रिपोर्ट भने कोरोना पोजेटिभ आएको पाइएको बताइएको छ । उनी आइसोलेसनमा बसेको र अबको एक हप्ता उनले कुनै पनि सार्वजनिक कार्यक्रमहरु सहभागीता नजाउने पनि सो विज्ञप्तिमार्फत् जानकारी दिइएको छ ।

यहाँ अहिले पनि कोरोना भाइरसको प्रकोप देखिएको छ । गत शनिबारको रिपोर्ट अनुसार यहाँ २४ घन्टा भित्रमा १२ हजार ८०० जनालाई कोरोना पोजेटिभ देखिएको थियो ।न्युयोर्कमा यहाँका नागरिकलाई कोरोनाको निःशुल्क स्वास्थ्य जाँच र निःशुल्क औषधि उपलब्ध गराइएको छ ।

यहाँ अहिलेसम्म ८ करोड नागरिकलाई कोरोना पोजेटिभ देखिएको छ । अमेरिका कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित भएका विश्वका देशहरुमध्येमा पर्दछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार