श्रीमतीले रक्सी चुरोट छोड्ने कि घर ? भनेर सोधिन्, श्रीमानले लिए अचम्मित पार्ने निर्णय

उज्यालो प्रतिनिधि १६ चैत्र २०७८, बुधबार रोचक बिचित्र

काठमाडौँ ।  एक ६० वर्षीय व्यक्ति पछिल्लो १४ वर्षदेखि विमानस्थलमा बसिरहेका छन् । उनले आफ्नो घर छोडिदिएका छन् । ती व्यक्तिका अनुसार उनलाई घरका सदस्यले रक्सी र चुरोट छोड्नका लागि भनेका थिए, त्यसैले उनले घर छोडेर विमानस्थलमा बस्न सुरु गरे ।

यी व्यक्ति चीनका हुन् । उनको नाम वेई जियानगुओ हो । जियानगुओले आफू घर फिर्ता नजाने बताएका छन् किनभने उनका अनुसार त्यहाँ उनका लागि स्वतन्त्रता नै छैन ।

यस्तै, जियानगुओ पछिल्लो १४ वर्षदेखि बेइजिङ इन्टरनेशनल एयरपोर्टको वेटिङ एरियामा बसिरहेका छन् । सुरुमा उनी केही दिन रेलवे स्टेशनमा पनि सुतेका थिए । जियानगुओका अनुसार विमानस्थलमा उनी आफ्नो मर्जीले खान पिउन सक्छन् । उनले चाइना डेलीसँगको कुराकानीमा घरमा आफूले मन लागेको कुरा गर्न नपाउने भएकोले उनी घर नफर्कने बताएका छन् ।

 

 

ती व्यक्तिका अनुसार उनकी श्रीमती र परिवारका सदस्यले उनलाई घरमा बस्नु छ भने रक्सी र चुरोट छोड्नुपर्ने शर्त राखेका थिए । यस्तोमा उनले घर नै छोड्ने निर्णय दिए । जियानगुओको घर विमानस्थलबाट करिब १९ किलोमिटर टाढा छ । उनले सन् २००८ मा घर छोडेका थिए ।

 

हालै एक भिडियोमा वेई जियानगुओले चिसो नहुने भएकोले उनलाई विमानस्थलमा बस्न मनपरेको बताएका थिए । जियानगुओले त्यहाँ आफ्नो सानो किचन पनि बनाएका छन् । हरेक महिना पाइने सरकारी सहायतामार्फत् उनको खर्च चल्छ ।

जियानगुओले विमानस्थलमा आउने कुनै पनि यात्रीलाई केही पनि गर्दैनन् त्यसैले त्यहाँका कर्मचारीले उनलाई हटाएका छैनन् । आफ्नो स्लिपिङ ब्याग र केही सामानसहित उनी पछिल्लो १४ वर्षदेखि बेइजिङ विमानस्थलमा बसिरहेका छन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार