श्रीमतीको प्रेममा यी व्यक्तिले उठाए यस्तो कदम, समुद्रको बीचमा नै समातिए

उज्यालो प्रतिनिधि ११ चैत्र २०७८, शुक्रबार रोचक बिचित्र

काठमाडौँ ।  एक व्यक्ति भारतमा रहेकी आफ्नी श्रीमतीलाई भेट्नका लागि थाइल्यान्डबाट रबरको डुङ्गामा निस्किए । उनी दुई हप्तासम्म समुद्रमा यात्रा गरिरहे । थाइल्यान्डको तटबाट ५० माइल (करिब ८१ किलोमिटर) टाढा पुगिसकेका थिए । त्यसपछि उनीबारे थाई नेभीलाई थाहा भयो । उनलाई बचाइयो र त्यसपछि पक्राउ गरियो ।

यी व्यक्तिको नाम होआंग हुंग हो । उनी भियतनामका बासिन्दा हुन् । फुकेट द्वीपको थाई होलिडे आइल्याण्डबाट उनले आफ्नो यात्रा सुरु गरेका थिए । उनी समुद्रको बाटो हुँदै लगभग २०० किलोमिटर टाढा रहेको मुम्बईमा रहेकी आफ्नी श्रीमतीलाई भेट्न चाहन्थे । उनी रबरको डुङ्गामा पानी र चाउचाउ लिएर यात्रामा निस्किएका थिए । यद्यपि, उनीसँग कुनै नेभिगेशन सिस्टम भने थिएन ।

होआंग, थाइल्यान्डभन्दा लगभग ८० किलोमिटर टाढा सिमिलन द्वीप समूहको नजिकै पुगेका थिए । जहाँ उनलाई केही माझीले देखे र त्यसपछि नेभीका समुद्री सुरक्षा इकाइलाई यसबारे बताए । त्यसपछि नेभीका जवानले उनलाई बचाए ।

 

थाई मेरिटाइम इन्फोर्समेन्टट कमान्ड सेन्टरका कप्तान पिचेट सोन्गटानका अनुसार हुंगले आफू श्रीमतीलाई भेट्न जान लागेको बताएका थिए । उनका अनुसार उनकी श्रीमती मुम्बईमा काम गर्छिन् । कोभिडका कारण उनी पछिल्लो दुई वर्षदेखि श्रीमतीलाई भेट्न पाइरहेका थिएनन् । पिचेटले भने, ‘ती व्यक्तिसँग कुनै म्याप, कम्पास, जिपिएस वा कपडा थिएनन् । उनीसँग सीमित पानी मात्रै थियो ।’

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार