पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा पाँच हजार २६८ जनाको कोरोना परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार २१९ रहेको छ । पछिल्लो २४ घण्टामा २६६ कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६४ हजार १२७ पुगेको छ । निको हुने दर ९८।६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा कोहीको पनि ज्यान गएको छैन । मन्त्रालयका अनुसार २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा ललितपुर र काठमाडौँ रहेका छन् । शून्य सङ्क्रमित भएका जिल्लामा धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, पूर्वरुकुम, बाजुरा, डोल्पा, हुम्ला र जुम्ला छन् ।

नेपालमा सङ्क्रमण दर १७।७ प्रतिशत छ । हाल होम आइसोलेशनमा दुई हजार १७९, संस्थागत आइसोलेशनमा ४०, आइसियुमा २१ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा ८३ हजार २५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार