दक्षिण कोरियामा दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित

सियोल । दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित हुन थालेका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा चार लाख ९० हजार ८८१ जना नयाँ सङ्क्रमित भएका हुन ।

योसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या एक करोड चार लाख २७ हजार २४७ पुगेको छ । कोरिया रोग नियन्त्रण तथा व्यवस्थापन निकायका अनुसार यसअघि तीन लाख ५३ हजार ९६८ नयाँ सङ्क्रमित थपिएका थिए ।

कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरसका कारण सङ्क्रमितहरुको सङ्ख्या यसरी अत्यधिक बढेको अधिकारीहरुको भनाई छ ।नयाँ सङ्क्रमित मध्ये एक लाख एक हजार १३३ जना राजधानी सोलका मात्रै रहेको अधिकारीहरुले जनाएका छन् ।

सङ्क्रमित भएका मध्ये एक हजार ८४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । यो सङ्ख्या अघिल्लो दिनको भन्दा २० जनाले कम भएको पनि अधिकारीहरुको भनाई छ । पछिल्लो एक दिनमा कोरोनाका कारण २९१ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या १३ हजार ४३२ पुगेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार