बेलायती पुरुषले तोडे आफ्नै रेकर्ड, एउटै बोटमा फलाए एक हजार २६९ गोलभेँडा

उज्यालो प्रतिनिधि ८ चैत्र २०७८, मंगलवार रोचक बिचित्र

काठमाडौँ ।  एक बेलायती पुरुषले एउटै बोटमा ८३८ चेरी गोलभेँडा फलाएको आफ्नै पुरानो रेकर्ड तोडेका छन् । उनले अर्को एउटै बोटबाट एक हजार २६९ गोलभेँडा फलाएपछि पुरानो रेकर्ड तोडिएको हो ।

बेलायतको हर्डफोर्डशायरका डगलास स्मिथले गोलभेँडा फलाउने विभिन्न वैज्ञानिक तरिका पढेका थिए । यसपछि उनले माटोको नमुना विश्लेषणका लागि प्रयोगशालामा लगे । यसपछि गोलभेँडा रोपे, र एउटै बोटबाट धेरै गोलभेँडा फलाएर गिनिज बुक अफ वर्ल्डमा आफ्नो नाम दर्ता गर्न सफल भएका छन् ।

स्मिथले १० वर्ष अघि एउटै बोटबाट ८३९ वटा गोलभेँडा फलाएको आफ्नै रेकर्ड तोडेका हुन् । उनले आफ्नो बगैँचामा गिनिज बुक अफ वर्ल्डमा रहेको विश्वकै ठूलो ६।८५ पाउन्डको गोलभेँडा फलाएपछि यसबाट प्रेरित भएको बताएका छन् । यो गोलभेँडा बेलायतकै ठूलो हो । यो गोलभेँडा विश्व रेकर्ड राख्नबाट भने थोरैले चुकेको थियो । उक्त गोलभेँडा १० पाउन्डको अमेरिकामा फलेको गोलभेँडाको तुलनामा सानो हो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार