मधेश प्रदेशको प्रशिक्षणमा प्रचण्डले भने, ‘यो निर्वाचन हामीले हार्दा देश हार्छ’

उज्यालो प्रतिनिधि ८ चैत्र २०७८, मंगलवार मुख्य नेटवर्क

जनकपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन माओवादीले हारे देश हार्ने बताएका छन् ।

आज मधेश प्रदेशमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यो निर्वाचन हाम्रो लागि जीवनमरणको विषय हो, हामीले हार्दा देशले हार्छ, अरुले हार्दा देश जित्छ ।’

प्रचण्डले नेपाली क्रान्तिमा मधेसको भुमिका अत्यन्तै महत्त्वपूर्ण रहेको बताउँदै मधेसको भूमिकाको आफूले सधैँ सम्मान गरेको बताए । त्यसैगरी सदनमा प्रतिपक्षीले गरिरहेको अवरोध प्रतिगमनकै निरन्तरता भएको पनि बताए । ‘जुन सेटिङमा प्रतिगामीहरुले संसद विघटन गरे त्यही सेटिङवाला अहिले पनि यसकै पक्षमा छन । यो निर्वाचनमा त्यसको भण्डाफोर गर्न पछि पर्न हुदैन।’ उनले भने।

अध्यक्ष प्रचण्डले आफ्ना कार्यकर्तालाई निर्वाचनका तयारीका लागि गाउँमा केन्द्रित हुन अपिल गरे । उनले भने, ‘गठबन्धनको आश गरेर रिल्याकस नगर्नुस। आफ्नो खुट्टा बलियो बनाउनुस।’

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार