वीर अस्पतालमा उपचाररत जनयुद्धका घाइतेलाई भेटेर प्रचण्डले भने, ‘खर्चको दुख हुन अब दिइन्नँ’

उज्यालो प्रतिनिधि ८ चैत्र २०७८, मंगलवार मुख्य नेटवर्क

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा उपचाररत पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर भक्त रानालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

काभ्रे जिल्लाको महाभारत गाउँपालिका वडा नम्बर ६ का निवासी पुर्व जनमुक्ति सेनाका योद्धा (सेक्सन कमान्डर) भक्त रानालाई भेट गरि प्रचण्डले उपचारको लागि अब खर्चको दुख हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

मकवानपुरको झुरझुरेमा भएको दोहोरो भीडन्तका बेला उनको टाउकोमा गोलीको छर्रा लागेको थियो । त्यसपछि घाइते भएका उनी शान्ति प्रक्रियापछि वाइसीएलको जिम्मेवारी रहि काम गर्दै आएका थिए । टाउकोमा लागेको चोट फेरि बल्झिएपछी रानाको खुट्टामा इन्फेक्सन देखिएको थियो । टाउकोमा नसा ब्लक भएपछि रानाको दुबै खुट्टा अप्रेसन गरेर फाल्नु परेको उनको उपचारमा संलग्न चिकित्सकहरुले प्रचण्डलाई बिफ्रिङ गरे ।

रानाको श्रीमती वर्षा राना र उपचारमा संलग्न चिकित्सकमार्फत उनको उपचार र आर्थिक अवस्थाबारे जानकारी लिएपछि अध्यक्ष प्रचण्डले उपचारका लागि अब खर्चको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

‘उपचार खर्च, परिवारका लागि पार्टीले सहयोग गर्छ, सरकारसँग पनि कुरा गर्छौ’ उनले भने, ‘खर्चको दुख हुन अब दिन्न, दिइन्नँ ।’

अध्यक्ष प्रचण्डले विदेशबाट पनि सहयोग जुटाउने काम भइरहेको पनि बताए । प्रचण्डले रानाको श्रीमती वर्षा रानाको रोजगारी र उनका ७ वर्षीय छोराको शिक्षादीक्षाका लागि पनि उचित पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरे । सो क्रममा अध्यक्ष प्रचण्डले अस्पतालमा उपचाररत अन्य बिरामीहरुको अवस्थाबारे पनि जानकारी लिएका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार