भारतमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख नाघ्यो

काठमाडौँ ।  भारतको कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बिहीबार ४ करोड ३० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५३९ नयाँ सङ्क्रमित थपिएपछि कोरोना कूल सङ्क्रमति ४ करोड ३० लाख एक हजार ४७७ पुगेको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले जनाएको छ ।

 

यसबाहेक बुधबार बिहानसम्म यस महामारीका कारण ६० जनाको ज्यान गएपछि कोरोनाका कारण ज्यान गुमाउने कूल संख्या ५ लाख १६ हजार १३२ पुगेको छ । भारतमा हाल ३० हजार ७९९ कोरोनाका सक्रिय सङ्क्रमित रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा मात्र २ हजार १२ सक्रिय सङ्क्रमित घटेका छन् । कोरोना शुरु भएबाट हालसम्म भारतमा ४ करोड २४ लाख ५४ हजार ५४६ जना सफलतापूर्वक निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा ४ हजार ४९१ जना कोरोनाबाट मुक्त भएका छन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार