कुखुराको पेडिक्योर गरेपछि…

काठमाडौँ ।  आफ्नो घरपालुवा जनावरलाई उत्कृष्ट देखाउन मानिसले विभिन्न तरिका अपनाउने गर्छन् । यसका लागि राम्रै रकम खर्च पनि गर्छन् । यस्तै शौख भएकी एक महिलाले आफ्नो कुखुरालाई उत्कृष्ट देखाउन जे गरिन् त्यो निकै रोचक छ ।

चीनको साङ्घाईकी एक महिलाले आफ्नो कुखुराको पेडिक्योर गरेर अनलाइनमा फोटो हालेपछि, उक्त कुखुरा रातारात इन्टेरनेट सेन्सेसन बनेको छ ।

 


साङ्घाईकी यि यि नामकी एक महिलालाई आफ्नो कुखुराको नङमा केही गर्नुपर्छ भन्ने लागेपछि उनले त्यो चरालाई नङ बनाउने सैलुनमा लगिन् । यद्यपि, सैलुनको इमेजमा नकारात्म असर पर्छ भन्ने ठानेर त्यहाँका कर्मचारीले कुखुराको नङ बनाउन मानेनन् । त्यसैले उनी आफैंले कुखुराको नङ बनाइदिइन् । उनलाई यसो गर्न एक घण्टाभन्दा बढी समय लाग्यो तर अन्त्यमा उनको कुकुराको खुट्टा असाध्यै राम्रो देखियो ।

विभिन्न रङका नेल पलिसदेखि यि यिले डेकोरेशनका लागि आकर्षक सेक्विन र पोते प्रयोग गरिन् ।

 

यि यि पछिल्लो दुई वर्षदेखि असाध्यै तनावमा थिइन्, यस्तो अवस्थामा पनि आफूले पालेको कुखुरा आफूसँगै बसेको कारण उनी त्यसप्रति असाध्यै कृतज्ञ थिइन् तसर्थ कुखुरालाई उपहार दिनका लागि उनले सैलुन लैजाने निधो गरेकी थिइन् ।

कुखुराको निकै आकर्षक फोटो चिनियाँ सोसल मिडियामा भाइरल भएपछि कतिले कुखुराको अवस्थाबारे चिन्ता व्यक्त गरे । त्यसपछि यि यिले उक्त पेडिक्योरले कुखुराको हिँडाईमा कुनै असर नपारेको र कुनै असहज महसुस गरेको जस्तो नदेखिएको स्पष्टिकरण दिएकी छिन् ।

स्रोत स्अडिटी सेन्ट्रल

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार