विश्वकै लामो कारले आफ्नै पुरानो रेकर्ड तोड्यो

उज्यालो प्रतिनिधि २९ फाल्गुन २०७८, आईतवार रोचक बिचित्र

काठमाडौँ ।  विश्वकै सबैभन्दा लामो कारको पुनः स्थापित संस्करणले आफ्नै पुरानो रेकर्ड तोडेको छ । १०० फिट १।५ इन्च लामो यो कारले आफ्नो पुरानो रेकर्ड तोडेको हो ।
गिनिज बुक अफ वर्ल्डमा विश्वकै लामो कारको कीर्तिमान बनाएको यो कार यसअघि १९८६ मा निर्माण गरिएको थियो । उक्त समयमा यो कारको लम्बाई ६० फिट लामो थियो । यसलाई जे ओहरबर्गले १०० फिट लामो बनाएका थिए । यो लम्बाईसँगै उक्त कारले गिजिन बुक अफ वर्ल्डमा विश्वकै लामो कारका रुपमा पुरानो रेकर्ड तोडेको छ ।

 

यो सवारी साधन न्यूजर्सीको वेर हाउसमा थन्किनुपूर्व फिल्महरुमा कयौं पटक देखा परेको थियो । यहाँ यो सवारी साधनलाई कयौं वर्षसम्म राखिएको थियो ।
अटोसिअम प्रविधि शिक्षण संग्रहालयका मालिक मिचेल म्यानिङले यसलाई स्मरणीय बनाउन संग्रहालयमा राख्ने निर्णय गरेका थिए । भण्डारणमा राख्दाको समयमा यसमा खिया आएको थियो र पार्टपूर्जाहरु जोगाउन नसक्ने अवस्थामा पुुगेका थिए ।

‘सुरुमा मैले कार अटोबडीको रुपमा न्यूजर्सीमा देखेको थिएँ र यो फोहोरको रुपमा परिणत भएको थियो । यसलाई छोपिएको थियो, झ्यालहरु फूटेका थिए । टायरहरु फाटेका थिए । तर मैले कुनै पनि तरिकाले माया गर्छु भन्ने सोचेँ,’ उनले भने, ‘‘म यो कार प्राप्त गर्न गइरहेको छु र पुनः मर्मत गरेर राख्छु ।’

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार