खाएपछि गोहीले झैं आँशु झार्ने मानिस भेटिए चीनमा

उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७८, बिहीबार रोचक बिचित्र

काठमाडौँ । एक चिनियाँ पुरुषमा गोहीको जस्तै व्यवहार देखा परेको छ । उनले खाना खाएपछि उनको आँखाबाट आँशु आउने गरेको हो । यो दुर्लभ व्यवहार गोहीमा हुने गर्दछ । सधैँजसो रुनाले उनमा जोडदारको संवेगात्मक प्रतिक्रिया आउने गरेको छ । जस्तै उदासीपना, पीडा तथा नियन्त्रण हुन नसक्ने खालको हाँसो । तर कहिलेकाहीँ केही खाएर पनि यो व्यवहारलाई क्रियाशील बनाउन सकिन्छ ।

 

चिनियाँ मिडियाले ‘मिस्टर झाङ’ का रुपमा परिचय दिएका ती पुरुषले गत वर्ष खाँदै गर्दा बारम्बार आफ्नो आँशु लुकाउने गरेका थिए । सुरुमा उनले यसको बारेमा धेरै सोचेनन् तर लामो समयसम्म चपाउँदा उनको अवस्था उल्लेख्य रुपमा खराब भयो र यसले उनको सामाजिक जीवनमा हस्तक्षेपसमेत गरेको थियो ।

झाङले सुरुमा सार्वजनिक रुपमा खान छोडे । किनकि उनी मानिसहरुको माझ आफ्नो आँशु झरिरहेको देखाउन चाहँदैनथे । त्यसैले उनी एक्लो भए । यसलाई सधैँभरी लुकाएर बस्न नसकिने निष्कर्षसहित उनले डाक्टरलाई देखाउने निर्णय समेत गरे ।

गत महिना झाङ जाँचका लागि उहानको अस्पताल गएका थिए । चिकित्सकले उनमा ‘गोहीको आँसुको लक्षण’ भएको दुर्लभ चिकित्सा अवस्था भएको पत्ता लगाएका थिए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार