चीनभित्रै थप २१४ कोरोना संक्रमित भेटिए

उज्यालो प्रतिनिधि २३ फाल्गुन २०७८, सोमबार कोरोना [Covid-19] विशेष

बेइजिङ । चीनभित्रै कोरोना भाइरसका संक्रमितहरु थप संख्यामा भेटिन थालेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएअनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन् । उनीहरुकाअनुसार आइतबार मात्र चीनमा कोरोना भाइरसका २१४ जना नयाँ संक्रमित देखिएका हुन् ।

तीमध्ये अधिकांश स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । चीनको नेशनल हेल्थ कमिसनले सोमबार दिएको जानकारीअनुसार चीनमा आइतबार मात्र २१४ जना नयाँ संक्रमित भेटिएका र तीमध्ये अधिकांश चीनभित्रैका नागरिकमा पाइएको हो ।

यहाँका हेबेइ, ग्वांगोग र जिलिनमा ती संक्रमित पाइएका हुन् । पछिल्लो समयमा चीनले कोरोनाको परीक्षणलाई तीव्रता दिएको जनाएको छ ।चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकहरुको निरन्तर परीक्षण गरिरहेको बताइएको छ ।चीनको नेशनल हेल्थ कमिसनले उत्तरी चीनको हुवे प्रान्तमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरु बढेको पाइएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार