भारतमा १३ हजार ४०० कोरोनाका नयाँ सङ्क्रमित

उज्यालो प्रतिनिधि १० फाल्गुन २०७८, मंगलवार कोरोना [Covid-19] विशेष

नयाँ दिल्ली। भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ४०५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले मङ्गलबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमण सुरु भएयता हालसम्म चार करोड २८ लाख ५१ हजार ९२९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ ।

सोही अवधिमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या भने ३४ हजार २२६ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएकाको सङ्ख््याभन्दा सङ्क्रणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । भारतमा कोरोनाका चार करोड २१ लाख ५८ हजार ५१० जना सङ्क्रमणमुक्त भएका छन् ।

अधिकारीका अनुसार, भारतमा अहिले कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या दुई लाख २ हजार १३१ रहेको छ । पछिल्लो २४ घण्टामा मात्र २२ हजार ५६ जना सक्रिय सङ्क्रमित घटेका समाचारमा जनाइएको छ ।
कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा २३५ को मृत्यु भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन ।

यससँगै भारतमा कोरोना सङ्क्रमणको कारण हालसम्म पाँच लाख १२ हजार ३४४ को मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार