ढाका । बंगलादेशले कोभिड १९ का विरुद्धमा लगाइरहेका प्रतिबन्धहरु अब नलम्ब्याउने जनाएको छ । यहाँको मन्त्रिपरिषदका सचिव खाँदकर अनवारुलले आइतबार सो कुराको जानकारी दिएका हुन । उनले अब बंगलादेशमा यसअघिदेखि लगाउँदै आएका प्रतिबन्धहरुको समय नथप्ने जानकारी दिएका हुन ।
बंगलादेशमा कोभिड महामारीको तेस्रो लहर ओमिक्रोन भेरियन्ट आएसँगै प्रतिबन्धहरु लगाएको थियो । विद्यालय, विश्वविद्यालयहरु देखि होटलहरु बन्द गर्ने देखि लिएर सार्वजनिक स्थलमा उपस्थित हुन नपाइनेसम्मका प्रतिबन्धहरु लगाइएको छ ।
ती प्रतिबन्धहरुको समय यही फेब्रुअरी २२ सम्म रहेको र अब त्यसलाई थप नलम्ब्याउने निर्णय सरकारले गरेको जानकारी उनले बताए ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।






