दक्षिण कोरियामा एक दिनमा अहिलेसम्मकै धेरै संक्रमित

सियोल । दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमितहरु भेटिएका बताइएको छ ।यहाँको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो । सो एजेन्सीका अनुसार यहाँ गएको २४ घन्टा यतामात्र ९० हजार ४४३ जना कोरोना संक्रमित देखिएका छन् ।

सो निकायका अनुसार अहिलेसम्म यहाँ १५ लाख ५२ हजारजना कोरोना संक्रमित पाइएका हुन् ।यहाँ पछिल्ला केही दिनमा दैनिक ५० हजार जनाभन्दा बढी नै संक्रमित देखिएका छन् । तर यहाँ एकै दिन ९० हजार देखिएको भने यो पहिलो पटक हो ।

यहाँका अधिकारीहरुले कोरियामा पछिल्ला हप्ताहरुमा कोरोनाको ओमिक्रोन भेरियन्ट निकै विस्तारित भएको बताएका छन् ।उनीहरुले नागरिकहरुले पूर्ण मात्रामा खोप लगाएकाले उनीहरुमा मृत्युदर कम रहेको तर पछिल्लो समयमा ओमिक्रोनको प्रकोप भने बढ्दै गएको बताएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार