‘भ्यालेन्टाइन डे’ सम्बन्धी सात तथ्यहरू

उज्यालो प्रतिनिधि २ फाल्गुन २०७८, सोमबार रोचक बिचित्र

एजेन्सी । १. ‘भ्यालेन्टाइन डे’ रोमीहरूको पर्वबाट शुरु भएको थियो इतिहासकारहरू विश्वास गर्छन् कि भ्यालेन्टाइन डे वास्तवमा पुरातन रोममा ‘लुपरकिया’ भन्ने मूर्तिपूजक प्रजनन महोत्सवको रूपमा शुरू भएको थियो। जुन रोमन कृषिका देवता फाउनुस र रोमन संस्थापक रोमुलस र रेमसमा समर्पित थियो। इतिहासको अनुसार यो दिन जनावरहरुको बलिदान दिएर र महिलाहरुलाई आफ्नो प्रजनन क्षमतालाई नजनाइन्जेल पशुको छालाले कुटपिट गरेर मनाइन्थ्यो।

२. ‘भ्यालेन्टाइन डे’ ६ सय पुरानो परम्परा हो प्रत्येक वर्ष, अमेरिकाका विद्यार्थीहरुले आफ्नो कक्षाका सहपाठीहरूलाई भ्यालेन्टाइन डे कार्ड दिन्छन्। इतिहासकारका अनुसार भ्यालेन्टाइनको ओपचारिक प्रयोग ओर्लिन्सको चार्ल्स ड्यूकले गरेका थिए। उनले १४१५ मा टावर अफ लन्डनमा कैदमा रहँदा आफ्नो श्रीमतीलाई कविता लेख्दै भ्यालेन्टाईन डे विस गरेका थिए।

३. हरेक वर्ष भ्यालेन्टाइनको दिन अरबौंं ग्रिटिङ्स् कार्डहरु बिक्रि हुन्छन् लगभग ५५ प्रतिशत अमेरिकीहरूले भ्यालेन्टाइन डे मनाउँछन् र एक वर्षमा ४१९.६ बिलियन अमेरिकी डलर खर्च गर्दछन्। जसमा केवल चकलेटमा मात्र ४१.८ बिलियन डलर भन्दा बढी डलर खर्च गर्छन्। यस वर्ष विशेष गरी पुरुषहरुले करिब ३३८ अमेरिकी डलर खर्च गर्ने अनुमान गरिएको छ।

४. अमेरिकीहरु हरेक वर्ष १ सय ४५ मिलियन भ्यालेन्टाईनको ग्रिटिङ्स कार्ड आदानप्रदान गर्छन क्रिसमस पछि ग्रीटिङ्स कार्डहरु सबैभन्दा बढी आदानप्रदान हुने पर्व हो भ्यालेन्टाइनन डे। यो दिन बच्चाहरू, आमाहरू, र शिक्षकहरु सबैले प्र्म दिवसको शुभकामना आदानप्रदान गर्ने गर्छन्। अमेरिकीहरुले प्रेम दिवसको दिन १४५ मिलियन ग्रिटिङ्स कार्डहरु लिने–दिने गर्छन्।

५. मानिसहरु गुलाबी र रातो रंगलाई प्रेमको प्रतीक मान्दछन् मानिसहरु गुलाबी र रातो रंगलाई प्रेमको प्रतीक मान्दछन्। त्यसकारण भ्यालेन्टाईनको समयमा रातो गुलाब दिएर एकअर्कासँग प्रेम साट्ने गर्छन्। भ्यालेन्टाइनमा टेडी र चकलेट प्याकेजिङ पनि रातो र गुलाबी रंगको हुनुपर्दछ भन्ने विश्वास गर्छन्।

६.मुटुको आकार सधैं एक रोमान्टिक प्रतीक थिएन एक समयमा मानिसहरूको मुटुलाई मानव स्मृतिको केन्द्र मानिन्थ्यो जहाँ प्रेमका भावनाहरू रेकर्ड गरिएको थियो। जे होस,१४ं शताब्दीका फ्रान्सेली र इटालियन कलाकारहरूले मुटुको आकारलाई एक रोमान्टिक प्रतीकको रुपमा परिचित गराए। त्यसैले हामी उक्त आकारलाई मायाको प्रतीक भन्दै रमाइरहेका छौं।

७. गुलाबको फूल प्रेमको प्रतीक हो रातो गुलाबले रोमान्टिक भावनाहरूलाई संकेत गर्दछ। त्यसैले आफ्नो भ्यालेन्टाइनलाई विस गर्दा गुलाबको फूल प्रयोग गरिन्छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार