मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी दुर्घटना, एक महिलाको मृत्यु

उज्यालो प्रतिनिधि २ फाल्गुन २०७८, सोमबार फोटो समाचार

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डमा आज ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ भुवनबस्तीकी ३१ वर्षीया अम्बिसा गुरुङ रहेकी छन् । घाइते हुनेमा उनका श्रीमान् ३५ वर्षीय मीनराज र छोरी ९ वर्षीया खुस्बु रहेकी छन् ।

 

कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ७ ख ८१४१ नंको तेल बोक्ने ट्याङ्करले नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ३२ प ८२४८ नंको मोटरसाइकललाई जलबिरेमा ठक्कर दिएको थियो । अम्बिसाको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार