स्थानीय तह निर्वाचन : मतदान केन्द्रको निगरानी भिडियोमार्फत गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान गर्ने गोप्य स्थलबाहेकका मतदान स्थलको भिडियो दृश्य लिने योजना बनाएको छ ।

स्थानीय निर्वाचन घोषणा भएपछिको तयारीबारे दिएको अन्तर्वार्तामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानस्थलमा मतदानको दिन र मतगणना हुँदासम्म दिनभरि के कस्ता घटना भए त्यसको दृश्याङ्कन सीसीटीभी, क्यामरा, ड्रोन र अन्य प्रविधि प्रयोग गरी गर्ने व्यवस्थामा आयोग जुटेको जानकारी दिए ।

उनले भने, “अलिकति दायाँबायाँ गरेर वा धाँधली गरेर चुुनावलाई प्रभावित गर्ने सोच अब त्यागे हुन्छ ।” उनले ती सबै दृश्य निर्वाचन आयोगमा ल्याउने गरी योजना बनाइएको बताए । देशभरि करिब २३ हजार पाँच सय मतदान केन्द्र रहने छन् ।

सबै केन्द्रमा दृश्य लिने व्यवस्था गरिने प्रमुख आयुक्त थपलियाले प्रष्ट्याए । आयोगले मतदानका क्रममा हुन सक्ने घटना वा मतदानपछि विश्वसनीयतालाई लिएर कुनै सबाल उठे कैद गरिएको दृश्यलाई सहयोगी सामग्रीका रूपमा लिएर आवश्यक निर्णय लिने तयारी गरेको छ । आजकोगोरखापत्र दैनिकमा समाचार छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार