लमही खानेपानीमा नवनिर्वाचित पदाधिकारीको शपथ तथा पदभार ग्रहण

उज्यालो प्रतिनिधि २५ माघ २०७८, मंगलवार प्रदेश खबर

देउखुरीलमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

नव निर्वाचित अध्यक्ष जंगबहादुर चौधरीलाई निर्वाचन अधिकृत कुलचन्द्र पौडेलले मंगलवार एक कार्यक्रमका बिच सपथ खुवाउनु भएको हो भने, उपाध्यक्ष सीता चौधरी, सचिव बसन्त आचार्य, कोषाध्यक्ष बासु गौतम, सदस्यहरु सीता खत्री पोख्रेल, जगनारायण चौधरी, ज्ञानबहादुर विक, शिवा चौधरी, किरण चौधरीलाई नवनिर्वाचित अध्यक्ष जंगबहादुर चौधरीले सपथ खुवाउनु भएको थियो ।

सपथ ग्रहण पश्चात् निर्वाचन संयोजक कुलचन्द्र पौडेलले पदाधिकारीहरुलाई प्रमाण—पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा बोल्दै लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका नवनिर्वाचित अध्यक्ष जंगबहादुर चौधरीले तोकिएको जिम्मेवारी इमान्दारी र निष्ठापूर्वक सम्पादन गर्ने विश्वास दिलाउनुभयो ।

नवनिर्वाचित पदाधिकारीहरुले संस्थामा पदभार समेत सम्हालेका छन् । गत शनिवार भएको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा संयुक्त लोकतान्त्रिक ( गठबन्धन) को प्यानल बिजयी भएको थियो ।

संस्थाको निर्वाचन समितिले आयोजना गरेको सपथ ग्रहण, प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रममा गत शनिवार सम्पन्न भएको निर्वाचनबाट नवनिर्वाचित पदाधिकारीले सपथ तथा पदभार ग्रहण गरेका छन् ।

शपथ ग्रहण लगत्तै नवनिर्वाचित पदाधिकारीहरु अध्यक्ष जंगबहादुर चौधरी, उपाध्यक्ष सीतादेवि चौधरी, सचिव बसन्त आचार्य, कोषाध्यक्ष बासु गौतम, सदस्यहरु सीता खत्री पोख्रेल, ज्ञानबहादुर विक, शिवा चौधरी, जगनारायण चौधरी, किरण चैधरीलाई निर्वाचन समिति र संस्थाका कर्मचारीहरुले पुष्पगुच्छासहित स्वागत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नवनिर्वाचित लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष जंगबहादुर चौधरीले नतिजामुखी कार्यसम्पादन गर्न सबैको सहयोग आवश्यक रहेको कुरा बताउनुभयो ।

उहाँले अबको दिनमा लमही खानेपानीले आफ्नै सक्रियतामा उपभोक्ताले महसुस गर्न सक्ने गरी सबैसंग समन्वय र सहकार्य गरी अगाडि बढ्नुपर्ने प्रतिवद्धता जनाउनुभयो । अध्यक्ष चौधरीले आफूहरुलाई सबैबाट सहयोग हुने अपेक्षा समेत व्यक्त गर्नुभयो । हाम्रो टिमको तर्फवाट लमही खानेपानीको उद्देश्य प्राप्ति गर्न जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा निर्वाचन अधिकृत कुलचन्द्र पौडेल, निवर्तमान अध्यक्ष डण्डीराम चौधरी, उपाध्यक्ष लिला शाह, सल्लाहकार कर्णबहादुर बुढाथोकी, कार्यालय सचिव भगवती चौधरी लगायतले बोल्नुभएको थियो । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव भगवती चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण निवर्तमान सचिव सनमकुमार पौडेल र सन्दिप न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा निर्वाचन संयोजक अध्यक्ष कुलचन्द्र पौडेल, सदस्य भानु जोसि, विष्णुप्रसाद पौडेललाई कदरपत्र प्रदान गरिएको थियो ।

खानेपानीमा चुनाको समस्या हटाउन प्रविधि जडान गरिने
लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष जंगबहादुर चौधरीले खानेपानीमा चुनाको समस्या अन्त्य गर्ने प्रतिवद्धा जनाउनु भएको छ । खानेपानीमा चुनाको समस्या हटाउनका लागि प्रविधि जडान गरिने भएको अध्यक्ष चौधरीले बताउनुभयो ।

चुनाका कारण उपभोक्ता स्वास्थ्य क्षेत्रमा पर्न गएको असर र लमही खानेपानीका पाइपहरु अवरुद्धभई खानेपानी आपूर्तिमा समस्यालाई मध्यनजर गर्दै प्रविधि जडान गरिने उहाँले बताउनुभयो । लमही खानेपानीमा प्रविधि जडानपछि चुनाको समस्या समाधान भई सहजरुपमा उपभोक्ताले पानी उपभोग गर्न पाउने उहाँको भनाई रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार