अफगानिस्तानको सपना देखाएर लाखौँ ठगी, दर्जनौँलाई युएईमा अलपत्र पारी घले फरार !

अनिस तामाङ २२ माघ २०७८, शनिबार मुख्य नेटवर्क

काठमाडौं । अफगानिस्तान पठाउँछु भन्दै नुवाकोट किस्पाङ गाउँपालिका वडा नम्बर ४ घर भएका रोशन घले भनिने धन बहादुर तामाङले झापा जिल्ला बुधबारे घर भएका भक्तराज राई लगायत दर्जनौंलाई युएईमा अलपत्र पारेको पाइएको छ ।

भिजिट भिसामा युएई लगेर धनबहादुरले दर्जनौँ युवाहरुलाई अलपत्र पारेको पाइएको हो । पछिल्लो समय युएई लगायतका खाडी राष्ट्रमा भिजिट भिषामा लगेर अलपत्र पार्नेको सङ्ख्या बढिरहेको छ ।

गतवर्ष असोज २१ गते अफगानिस्तान पठाउँछु भन्दै राईसँग घलेले पटकपटक गरि ७ लाख ७५ हजार नेपाली रुपैयाँ लिएर युएईमा अलपत्र बनाएका हुन् । विभिन्न बहाना बनाएर अवैध ढंगले अफगानिस्तान पुर्याउन खोजेका उनी अहिले पीडितसँगको सम्पर्क बाहिर छन् ।

‘वैकल्पिक माध्यमबाट कहिलेकाहीँ सम्पर्क हुन्छ’ पीडितले भने, ‘अहिले त तिमीले पैसा दिएको प्रमाण के छ भनेर उल्टै धम्की दिन्छ, अस्ति त बढी हुने होइन, फेरि प्रहरीमा उजुरी गरेर जेल हाल्नु नपरोस् भनेर थर्काउँदै थियो ।’

पीडित राईले ती घले भनिने धन बहादुरलाई एक आफन्त मार्फत चिनेका थिए । घलेले राईलाई अफगानिस्तान सजिलै पठाउने तर पैसा अलि बढी लाग्ने भन्दै विभिन्न व्यक्तिको नाम र नम्बर दिएपछि उनले घलेले भने अनुरुप चन्द्रकुमारी भण्डारीलाई १ लाख ५० रुपैया, राजन लिम्बूलाई ३ लाख रुपैयाँ, र युएई पुगेर ३ लाख २५ हजार रुपैयाँ रोशन घलेको हातमा बुझाएका थिए ।

घलेले पैसा हात पारेपछि उनी सम्पर्क विहीन भएका थिए । फोन गर्दा जतिखेर पनि काम हुदैछ हुदैछ भनेको वर्षौं हुदा पनि अफगानिस्तान उड्न नसकेपछि युएईका केही नेपालीहरुले उनीहरुलाई उद्धार गरेर सानोतिनो काममा लगाएका छन् ।

घलेलाई हामीले टेलिफोनमार्फत सम्पर्क गर्न खोज्दा उनको सम्पर्क भएन । व्हाटसएपमार्फत हामीले यसबारे बुझ्दा उनले केही प्रतिक्रिया दिन मानेनन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार