गण्डकीमा २९० जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेशभित्रका विभिन्न अस्पताल तथा प्रयोगशालामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणमा १३५ महिला र १५५ पुरुषमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

सङ्क्रमित हुनेमा कास्कीका १७९, स्याङ्जाका २६, बाग्लुङका १९, लमजुङका १७, म्याग्दीका १५, तनहुँका १४, मुस्ताङका नौ, पर्वतका पाँच, नवलपरासी पूर्वका चार, गोरखा र मनाङका एक÷एक रहेका छन् ।

एकको मृत्यु

प्रदेशमा कोरोना सङ्क्रमणका कारण थप एकको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१० का ६४ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आज दिनको १२.५० बजे पोखरामा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । निजमा गत माघ १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार