पाँच बर्षमुनिका बालबालिकालाई खोप लगाउन सकिने फाइजरको सङ्केत

काठमाडौँ । फाइजर र बायोएनटेकले चाँडै अमेरिकी स्वास्थ्य नियामक संस्थाहरूलाई पाँच वर्ष र त्यसभन्दा कम उमेरका बालबालिकाका लागि कोभिड–१९ खोपको आपतकालीन प्रयोग गर्न अनुमति माग्ने तयारी गरेका अमेरिकी सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन् ।

यो संयुक्त राज्य अमेरिकाको अन्तिम उमेर समूह हो जुन अहिलेसम्म कोरोनभाइरस खोपका लागि योग्य मानिएको छैन ।

द न्यु योर्क टाइम्स तथा अन्य सञ्चारमाध्यमहरूले मंगलबारको सुरुतिर पाँच वर्षमुनिका र छ महिनामुनिका बालकालिकाका लागि दुई थरी खोप लगाउने प्रबन्धको लागि आकस्मिक अनुमति माग्न सक्ने जनाएका हुन् ।

यो कदम संयुक्त राज्य अमेरिकामा ओमिक्रोन विविधताको लहर घट्दै गएकोले आएको हो । अमेरिकी अविभावकले अझै पनि स्कूल बन्द गर्ने सरकारी निर्णय र आफ्ना खोप नलगाएका छोराछोरीको स्वास्थ्य चिन्ता लिएर बस्न बाध्य छन् ।

गत महिना खाद्य तथा औषधि प्रशासनले १२ वर्षका केटाकेटीका लागि फाइजरको कोभिड–१९ बूस्टर मात्रालाई अनुमोदन गरेको थियो ।

तर रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार यस उमेर समूहमा खोप लगाउने दर तुलनात्मक रूपमा २२ प्रतिशतभन्दा कम छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार