चीनभित्रै सङ्क्रमण भएकाहरुको संख्या बढ्न थाल्यो

बेइजिङ । चीनमा देशभित्रै सङक्रमित भएकाहरुको संख्या बढ्न थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।चीन पनि पछिल्लो समयमा कोरोनाभाइरस सङ्क्रमणको प्रकोप बढ्न थालेको बताइएको थियो । त्यसपछि उत्तरी चीनको सियान सहरमा अघिल्लो महिना लकडाउन गरिएको थियो । यहाँका अधिकारीहरुले सियानका एक करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न निर्देशन दिएका थिए ।

डिसेम्बरको मध्यतिर दैनिक १५० जना भन्दा बढीमा कोभिड पुष्टि भएपछि सरकारले लकडाउन गरेको थियो । चीनले कोभिड पूरै नियन्त्रण गर्ने कडा रणनीति बनाएको छ । महामारी रोक्न त्यसअन्तर्गत सामूहिक परीक्षण र कडा लकडाउनजस्ता उपाय अवलम्बन गरिएको छ ।

उता बिहीबार पनि यहाँका हेनान र तियाजिन प्रान्तमा गरी १४३ जना सङ्क्रमितहरु भेटिएका अधिकारीहरुले जनाएका छन् । तीमध्ये सबैभन्दा बढी हेनानमा ९८ जना भोटिएका अधिकारीहरुले जनाएका छन् । यहाँ देशभित्रै र बाहिरबाट आएकाहरुमा पनि सङ्क्रमितहरु पाइएको हो ।

चीनले आगामी फेब्रुअरीमा ग्रीष्मकालीन ओलिम्पिकको आयोजना गर्न लागेको छ । त्यसैले चीनले अहिले कोभिडबारे उच्च सतर्कता कायम गरेको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार