बंगलादेशमा कोभिडबाट बच्न नयाँ निर्देशन जारी

ढाका । बंगलादेशमा पछिल्ला केही हप्तामा कोभिड १९ को संक्रमण बढेपछि यसबाट बच्नका लागि नयाँ निर्देशन जारी गरिएको छ । ती ११ बुँदे निर्देशन जारी गरिएको र पालना नगर्ने नागरिकलाई कानुनी कारबाही गरिने बताइएको छ । यी निर्देशनहरु मास्कको प्रयोग गर्नेदेखि सार्वजनिक स्थलमा जम्मा हुन नपाइनेसम्मका रहेका छन् । यहाँ सार्वजकि स्थलमा जम्मा हुँदा तथा पसल, मलहरुमा उपस्थित हुँदा मास्क अनिवार्य गरिएको छ ।

मास्क नलगाई कुनै व्यक्ति सार्वजनिक स्थलमा गएको पाइएमा उसलाई कानुनी कारबाही गरिने छ । त्यस्तै सभा समारोहहरु बन्द गरिएको छ भने रेल तथा सार्वजनिक यातायात सेवाले उसको क्षमताको आधामात्र यात्रु राखेर सञ्चालन गर्नुपर्ने प्रावधान राखिएको छ ।

त्यस्तै होटल, रेष्टुरेन्टहरु रातिसम्म खोल्न नपाइने र उनीहरुले यात्रुलाई सेवा दिँदा आधामात्र क्षमताका नागरिकलाई मात्र दिन सकिने बनाइएको छ ।यहाँको मन्त्रिपरिषदको सोमबारको बैठकले कोभिडबाट बच्नका लागि भन्दै यस्ता कडा कानुनहरु लागू गरेको हो ।

त्यस्तै होटल रेष्टुरेन्टमा खान तथा होटलमा बास बस्न र कुनै हवाई जाहाजबाट यात्रा गर्दा पनि उनीहरुले खोप कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने नियम बनाइएको छ ।बंगलादेशमा पनि पछिल्ला केही हप्ता यता कोरोना भाइरस र यसको घातक भनिएको ओमिक्रोन भाइरसको संक्रमण निकै बढेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार