बाघको छाला सहित देउखुरीमा ४ जना पक्राउ

उज्यालो प्रतिनिधि २३ पुष २०७८, शुक्रबार मुख्य नेटवर्क

दाङ । बाघको छाला सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १३ झरना टोल घर भइ हाल लमही नगरपालिका वडा नम्बर ३ टिकुलीगढ डेरा लिइ बस्ने वर्ष ४५ का शंकर गिरी, उनकी श्रीमती ४२ का झरना थापा, लमही नगरपालिका वडा नम्बर १ नर्ती बस्ने वर्ष ६३ का गिर बहादुर बिश्वकर्मा र लमही नगरपालिका वडा नम्बर २ बरुवा गाउँ बस्ने वर्ष २८ का आशा कुमार चौधरी रहेका छन ।

प्रहरीले गोप्य सुचनाको आधारमा लमही नगरपालिका वडा नम्बर ३ टिकुलीगढ बाट ती चार जनालाई नियन्त्रणमा लिएको हो । बिश्वकर्मा र चौधरीले अन्यत्रबाट बाघको छाला खरिद गरि गिरी र थापा बिच बिक्रि गर्नका लागि मोलमोलाइ भैरहेको थियो । सोही क्रममा गोप्य सुचनाको आधारमा विशेष ब्युरो, जिल्ला प्रहरी कार्यालय घोराही र वडा प्रहरी कार्यालय लमहीले उनिहरुलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए । उनिहरूलाई डिभिजन वन कार्यालय देउखुरी दाङलाई बुझाउने तयारी भइरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार