काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहको चेक प्रकरणको छानबिन फितलो हुने संकेत देखिएको छ । राजनीतिक दलको छत्रछायामा हुर्किरहेका सिंह माथिको छानबिनलाई साधारण प्रक्रिया मात्रै पुर्याएर छोड्न आन्तरिक रुपमा दबाब आइरहेको स्रोतले जनाएको छ ।
सिंहले महानगरीय प्रहरी परिसर टेकु सम्हाल्दा जुवाडेबाट बरामद चेक उसैलाई फिर्ता गरेपछि उनी माथि छानबिन सुरु गरिएको थियो । पटकपटक विवादमा मुछिएका एसएसपी सिंह नागरिक तहबाट आलोचित भएका पात्र हुन ।
जुवा खालबाट बरामद चेकको मुद्दा नचलाई सिंहले चेक फिर्ता गरेर घट्ना सामसुम पार्न खोजेपछि उनी विरुद्ध गृह मन्त्रालयमा उजुरी परेपछि कारबाहीमा तानिएका थिए ।
सिन्धुलीका राजकुमार बरालको जुवा खेल्दा हराएको चेकको विषयमा लेखित रुपमा प्रहरीमा उजुरी हुदा पनि हराएको चेक बोकेर बराल विरुद्ध उजुरी दिएका सुभाष भेटवालको एकपक्ष कुरा सुनेर उनिमाथि दुर्व्यवहार गरे पछि बरालले एसएसपी सिंह विरुद्ध उजुरी दिएका थिए ।
यस घटनालाई छानबिन गर्नको लागि प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागका डिआइजी राजेश कुमार लाल कर्णको नेतृत्वमा समिति गठन गरि छानबिन गरेपनि यो घटनालाई छानबिनको औपचारिकता मात्रै पुर्याएर सिंहलाई बचाउ गर्ने देखिएको छ ।
सिंहलाई छानबिनबाट उन्मुक्ति दिएर एकल बढुवा गर्ने तयारीमा समेत बालुवाटार रहेको बताइन्छ ।






