थप ३९३ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ ।  देशभर पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा नौ हजार ३२९ जनाको नमूना परीक्षण गरिएको थिए ।

सात हजार ७९४ जनाको पीसीआर तथा एक हजार ५३५ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २६३ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख १२ हजार ९३७ पुगेको छ । निको हुनेदर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा आठ लाख २९ हजार ६३२ जनामा तथा एन्टीजेन विधिबाट परीक्षण गर्दा ९६ हजार ३१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४८ लाख ८७ हजार ८१८ र एन्टीजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ३५ हजार ९५२ पुगेको छ ।

कोभिड–१९ विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा तीन लाख १६ हजार ७७४ पुगेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ९४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०१ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ ।

हाल देशभर भेन्टिलेटरमा २५ जना तथा आइसियुमा ८८ जना छन् । होमआइसोलेसनमा चार हजार ८३४, संस्थागत आइसोलेसनमा २६० तथा क्वारेन्टिनमा ९८ जना रहेका छन् । हाल देशभर ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर र भक्तपुर छन् भने २०० भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र मुगु छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ९९, ललितपुरमा ५९५ र भक्तपुरमा ५१४ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार