पुर्नजन्म बारे गीतामा भगवान् श्री कृष्णले के भनेका छन् ?

काठमाडौँ । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ । गीतामा भगवान् श्री कृष्ण स्वयमले आत्मा एक शरीर त्यागेर अर्को शरीरमा प्रवेश गर्छ भनेका छन् । जो सुकैको पनि मृत्यु भएपछि सो व्यक्तिको आत्मा फर्केर दोस्रो व्यक्तिको रूपमा आउँछ ।

महाभारतको एक कथामा भनिएको छ, भिष्मले श्रीकृष्ण सँग सोधेका छन्, आज म वाणहरूको बिच्छ्याउनामा सुतेको छु, आखिर मैले के पाप गरेको थिए जसको कारण यो सजाय भोगिरहेको छु । भगवान श्रीकृष्ण भन्छन्स् तपाईलाई आफ्नो छ जन्मको कुरा याद छ तर सातौं जन्मको कुरा याद छैन । सातौं जन्ममा तपाईले एक नागलाई किलामा फ्याक्नु भएको थियो । भिष्मको रूपमा जन्म लिनु पूर्व उनका अरू कयौं जन्म भइसकेका थिए र उनलाई आफ्ना पूर्व जन्मका कुराहरू पनि याद छन् । महाभारतका एक प्रमुख पात्र शिखंडीलाई पनि उनका पुर्वजन्मका कुराहरू याद थिए ।

उनी पुर्वजन्ममा काशीकी राजकुमारी थिइन् । अघिल्लो जन्ममा भएको अ’पमानको बदला लिनको लागि यीनले शिखंडीको रूपमा जन्म लिएका थिए । ऋग्वेदको ऋक्संहितामा लेखिएको छ, महर्षी वामदेवले माताको गर्भमा नै आत्मज्ञान पाएका थिए जसबाट उनले कयौं जन्मका कुरा थाहा पाएका थिए । वेद र पुराणमा यस्ता कयौं कुरा लेखिएका छन, मृत्यु र पुर्नजन्म नै एक निश्चित सत्य हो । मानिस जन्मेपछि म’र्छ र पुन अर्को रुप धारण गरिहाल्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार