दक्षिण कोरियामा ओमिक्रोनबाट पहिलो पटक दुई जनाको मृत्यु

कोरोनाभाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोन भाइरसबाट दक्षिण कोरियामा पहिलो पटक दुई जनाको मृत्यु भएको छ ।दक्षिण कोरियाका सरकारी अधिकारीहरूले सोमबार दुई जनाको मृत्यु भएको विवरण सार्वजनिक गर्दै चिन्ता व्यक्त गरेका छन् ।

ओमिक्रोनले पनि महामारीको रूप लिनसक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेको समाचारमा जनाइएको छ ।

राजधानी सोलबाट ३३० किलोमिटर टाढा पर्ने ग्वान्जौमा उनीहरूको मृत्यु भएको हो । सङ्क्रमण पुष्टि भएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको थियो ।

मृत्यु भएका दुवै जना झन्डै ९० वर्षका थिए । उनीहरूमध्ये एक जनाको डिसेम्बर २७ मा र एक जनाको डिसेम्बर २९ मा मृत्यु भए पनि ओमिक्रोनबाट मृत्यु भएको भन्ने विवरण भने सोमबार मात्रै सार्वजनिक गरिएको हो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार