पछिल्लो २४ घण्टामा ३८२ नयाँ संक्रमित

काठमाडौँ ।  पछिल्लो २४ घण्टामा ३२६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनका अनुसार १२ हजार ४९८ को परीक्षण गर्दा ३२६ जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पाँच हजार पाँचजना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो समय थप २५५ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यो सङ्ख्या आठ लाख १२ हजार ६७४ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट दुईको मृत्यु भएको छ । हालसम्म ११ हजार ५९८ जनाको सङ्क्रमणका कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ । पाँच सयभन्दा बढी सङ्क्रमण भएको जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् । दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली छन् ।

यस्तै, शून्य सङ्क्रमित भएका जिल्ला सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरा रहेका छन् । नेपालमा सङ्क्रमण दर १७ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा चार हजार ७५३, संस्थागत आइसोलेशनमा २५२, आइसियुमा ८९ र भेन्टिलेटरमा २१ जनाको उपचार हुँदैछ ।

एकै दिन तीन लाखले लगाए खोप

आज अहिलेसम्मकै सबैभन्दा बढी जनाले खोप लगाएका छन् । मन्त्रालयका अनुसार आज तीन लाख ४४ हजार ४४ जनाले खोप लगाएका हुन् । हालसम्म पहिलो मात्रा एक करोड ४३ लाख ६० हजार ६८३ र पूर्ण मात्रा एक करोड पाँच लाख ९७ हजार ७९७ ले खोप लगाइसकेका छन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार