विश्वभर दैनिक थपिने कोरोना संक्रमितको संख्या घट्यो

काठमाडौँ– विश्वभर दैनिक थपिने कोरोना संक्रमितको संख्या आज केही घटेको छ । पछिल्लो साता दैनिक १८ लाखसम्म थपिने गरेको कोरोना संक्रमितको संख्या आज ८ लाखमा झरेको छ ।

ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा ८ लाख एक हजार ४१९ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा ३ लाख ४१ हजार ४५२ जना कोरोनामुक्त भएका छन् भने २ हजार ८७५ जनाको मृत्यु भएको छ ।

थपिनेमा अमेरिकामा एक लाख ६९ हजार, बेलायतमा एक लाख ३७ हजार, फ्रान्समा ५८ हजार, इटलीमा ६१ हजार र टर्कीमा ३३ हजार छन्।

कोरोनामुक्त हुनेमा बेलायतमा ४५ हजार, रुसमा २६ हजार, जर्मनीमा साढे २२ हजार र टर्कीमा २२ हजार रहेका छन् ।

मृत्यु हुनेको संख्या रुसमा ८११, अमेरिकामा १४२, टर्कीमा १२९, इटलीमा १३३ र बेलायतमा ७३ जना रहेका छन् ।

यससँगै कोरोनाका कूल संक्रमितको संख्या २९ करोड ५ लाख ५४ हजार नाघेको छ । तीमध्ये २५ करोड ४५ लाख २ हजार जना निको भइसकेका छन् भने ५४ लाख ६० हजार १४५ को मृत्यु भइसकेको ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

 

 

 

 

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार