२४ घण्टामा २३५ कोरोना संक्रमित थपिए, ४ को मृत्यु

काठमाडौँ ।  पछिल्लो २४ घण्टामा २३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको वुलेटिनमा नौ हजार ८४ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा चार हजार ८७९ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो समय थप २१२ जना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ११ हजार ९५८ पुगेको छ ।

यस्तै पछिल्लो पटक सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ११ हजार ५९४ जनाको मृत्यु भइसकेको छ । पाँच सयभन्दा बढी सङ्क्रमण भएको जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् । दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्लाहरूमा सुनसरी, कास्की, बाँके र कैलाली छन् । यस्तै शून्य सङ्क्रमित भएका जिल्ला सोलुखुम्बु, रसुवा मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरा छन् । नेपालमा सङ्क्रमण दर १७ प्रतिशत रहेको छ ।

हाल होम आइसोलेशनमा चार हजार ६५१, संस्थागत आइसोलेशनमा २२८, आइसियुमा ८९ र भेन्टिलेटरमा २४ जनाको उपचार भइरहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ३९ हजार १५२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार