८ हजार ८९७ जनाको परीक्षण गर्दा २४१ जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ ।  देशभर थप २४१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ८९७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २३५ र एन्टिजेन विधिबाट ६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

 

यही अवधिमा थप २२८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ११ हजार ७४६ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको छ । हाल देशभर ४ हजार ८७१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कोभिड–१९ को सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा कसैले पनि ज्यान गुमाएनन् । हालसम्म देशभर ११ हजार ५९० जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५६ हजार ११२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म २ करोड ४२ लाख ८२ हजार ३६० मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये १ करोड ३ लाख १० हजार ६९२ जनाले पूर्ण मात्रा र १ करोड ३९ लाख ७१ हजार ६६८ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार