देशभर आज थप २११ मा कोरोना सङ्क्रमण

काठमाडौँ ।  देशभर पछिल्लो २४ घण्टामा थप २११ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा नौ हजार ४५१ को पीसीआर परीक्षण गरिएको थिए । योसँगै नेपालमा पीसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख २३ हजार ५५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९५ हजार ७०१ पुगेको छ । पछिल्लो समय थप ३२९ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख पाँच हजार ९०० पुगेको छ । निको हुने दर ९७ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट दुईको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४९ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १।४ प्रतिशत छ । त्यसैगरी, पछिल्लो समय तीन लाख ३७ हजार १७२ ले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार १२५ छ । हाल होम आइसोलेसनमा पाँच हजार ८३३, संस्थागत आइसोलेसनमा २७२, सघन उपचार कक्षमा १२१ र भेन्टिलेटरमा ३० जनाको उपचार हुँदैछ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार