देशभर २३८ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ ।  देशभर पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा छ हजार ७९७ जनाको पिसीआर परीक्षण गरिएको थियो ।

यससँगै नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २२ हजार ३९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ५८७ पुगेको छ । पछिल्लो समय थप ३९२ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख चार हजार २०८ पुगेको छ । निको हुनेदर ९७ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पाँचको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट पाँच जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४० पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ३० हजार ६८८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ५४४ रहेको छ । हाल होमआइसोलेशनमा छ हजार ३९७, संस्थागत आइसोलेशनमा ३४७, सघन उपचारकक्षमा १०६ र भेन्टिलेटरमा ३२ जनाको उपचार हुँदैछ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार