आज देशभर थप २४६ मा कोरोना सङ्क्रमण पुष्टि

उज्यालो प्रतिनिधि १७ मंसिर २०७८, शुक्रबार कोरोना [Covid-19] विशेष

काठमाडौँ ।  देशभर पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा सात हजार ८३६ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

यससँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षणपछि भएका सङ्क्रमितको सङ्ख्या आठ लाख २२ हजार १७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ५६९ पुगेको छ । पछिल्लो समय थप ३४७ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख तीन हजार ७१६ पुगेको छ । निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्मु नभएको मन्त्रालयले जानकारी गराइएको छ । यस रोगबाट हालसम्ममा मृत्यु हुनेको सङ्ख्या ११ हजार ५३५ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १।४ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९२१ रहेको छ । हाल होम आइसोलेशनमा छ हजार ५७९, संस्थागत आइसोलेशनमा ३४२, आइसीयुमा १०७ र भेन्टिलेटरमा ३४ जनाको उपचार हुँदैछ । त्यसैगरी पछिल्लो २४ घण्टामा एक लाख ७५ हजार ५६७ जनाले खोप लगाएको पनि मन्त्रालयले जानकारी गराएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार