नेपालमा आज पछिल्लो २४ घण्टामा २५९ मा कारोना सङ्क्रमण

काठमाडौँ ।  पछिल्लो २४ घण्टामा मुलुकमा २५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

सात हजार २३१ जनाको पीसीआर परीक्षण गर्दा २४३ र दुई हजार ६५७ जनाको एन्टिजेन परीक्षण गर्दा १६ गरी कूल २५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या नौ लाख १६ हजार ६०९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २६४ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख दुई हजार ६५३ जना पुगेको मन्त्रालयले जनाएको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९४४ रहेका छन् । तीमध्ये ६ हजार ५४१ होम आइसोलेशनमा र ४०३ जना संस्थागत आइसोलेशनमा छन् । सङ्क्रमितमध्ये १५९ आइसीयू र ३७ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यसैगरी १० वर्ष मुनिका सात बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ देखि २० वर्ष उमेर समूहका १७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा एक जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२४ पुगेको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार