काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ५० हजार ४४१ जना कोरोनामुक्त भएका छन् । वल्डोमिटर्सको तथ्यांकअनुसार यही अवधिमा ७ हजार ५ सय जनाको मृत्यु भएको छ ।
त्यसैगरी थप ६ लाख १४ हजार १९९ जनामा संक्रमण पुष्टि भएको हो ।
जसअनुसार अमेरिकामा मात्रै ९४ हजार ८८३ जना थपिदा निको हुनेको संख्या ५७ हजार ४११ रहेको छ । त्यहाँ एकैदिन एक हजार ४४४ जना संक्रमितको मृत्यु भएको छ ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।






