सुदूरपश्चिम : थप आठमा सङ्क्रमण, एकको मृत्यु

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा आज थप आठ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ६९१ जनाको नमूना परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आरटी पीसीआरमार्फत तीन र एन्टीजेन विधिमार्फत पाँच जनामा पुष्टि भएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा दुई र बाजुरा अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ । एन्टीजेन विधिमार्फत कैलाली र कञ्चनपुरका दुई÷दुई र डडेल्धुराका एक जनामा पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर नौ जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का २९ वर्षीया महिलाको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यसअघि मङ्गलबार यस प्रदेशमा ११ जनामा सङ्क्रमण पुष्टि हुँदा नौ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६०९ जनाले ज्यान गुइसकेका छन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार