अठार वर्ष उमेर माथिकालाई खोप

काठमाडौँ । कोभिड– १९ रोकथाम र नियन्त्रणका लागि कञ्चनपुरमा १८ वर्ष माथिका उमेर समूहलाई स्थानीय तहले निर्धारण गरेको खोप केन्द्रबाट खोप लगाइने भएको छ । मङ्सिर ११ देखि १५ गतेसम्म कोरोना विरुद्धको खोप लगाइने भएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत शिवराज सुनारका अनुसार जिल्लामा भेरोसेल खोपको एक लाख मात्रा उपलव्ध भएको छ ।

जिल्ला कोभिड– १९ खोप समन्वय तथा अनुगमन समितिको बैठकको निर्णय बमोजिम खोप अभियान सञ्चालन हुने उनले बताए । “भेरोसेल खोपको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन छुट भएकालाई दोस्रो मात्राको खोप लगाउने व्यवस्था मिलाइएको छ”, उनले भने, “स्वास्थ्य कार्यालय कञ्चनपुर र स्थानीय तहमा कोभिसिल्ड, एस्ट्राजेनिका खोपको १४ हजार मात्रा मौज्दात छ ।”

सो दुवै खोप १८ वर्ष माथिका समूहलाई पहिलो मात्रा दिन सात हजार मात्रा वितरण गर्ने र बाँकी सात हजार मात्रा चार हप्तापछि दोस्रो मात्राको लागि मौज्दातका रुपमा राखिने उहाँले बताउनुभयो । पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन छुट भएकालाई स्थानीय तहले तोकेको खोप केन्द्रमार्फत खोप लगाइने छ ।

खोप अभियान अन्तर्गत ‘क’ र ‘ख’ श्रेणीका अपाङ्गता भएका व्यक्तिलाई सहयोगी संस्थाको सहयोगमा घरमै गई खोप लगाउनका लागि स्थानीय तहले निर्णय गरी खोप लगाउने व्यवस्था मिलाइएको छ । खोप अभियानको दैनिक निरीक्षण तथा अनुगमनको कार्य जिल्ला कोभिड १९ खोप समन्वय तथा अनुगमन समिति, स्वास्थ्य कार्यालय र पालिकाको कार्यालयबाट गरिनेछ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार