हुम्लाको सरिसल्ला–सर्केगाडसम्मको भाडादर कती ?

उज्यालो प्रतिनिधि ३० कार्तिक २०७८, मंगलवार फोटो समाचार

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका र सरिसल्लाबाट सञ्चालन हुँदै आएका जीपको भाडादर निर्धारण गरिएको छ ।

कोल्टी–सरिसल्ला सडकमा सञ्चालन हुने जीपले यात्रुबाट चर्को र मनपरी भाडा असुल्ने गरेको जनगुनासो बढेपछि जीप व्यवसायीसँग छलफल गरेर भाडादर निर्धारण गरिएको उपाध्यक्ष जोशी धामीले जानकारी दिए । यातायात व्यावसायी, चङ्खेली गाउँपालिका, सर्केगाड गाउँपालिकाका स्थानीयवासी र अन्य सरोकारवालासँग बैठक बसी भाडामा निर्धारण गरेको उनको भनाइ छ ।

सर्केगाड गाउँपालिकाका उपाध्यक्षको अध्यक्षतामा बसेको बैठकले सर्केगाड–सरिसल्ला र सरिसल्लाबाट बाख्रे, नेरघाट, खच्चा, बालुकुना, मकै, गल्फागाड, पुइम, कवाडी, धुलाचैर, पिलुचौर र कोल्टीसम्मको भाडा निर्धारण गरेको हो । आजदेखि लागू हुने गरेर सर्केगाड दुल्ली रु ५०, सर्केगाड– सरिसल्ला रु ३०० र सरिसल्लाबाट बाख्रे रु ५०, नेरघाट रु १००, खच्चा रु १५०, बालुकुना रु २००, मकै रु ३००, गल्फागाड रु ४००, पुइम रु ६००, कवाडी रु ६५०, धुलाचौर रु एक हजार, पिलुचौर रु एक हजार २०० र कोल्टी रु एक हजार ४०० सम्मको भाडा निर्धारण भएको छ ।

यससँगै सरिसल्लामा शाखा कार्यालय रहने गरी स्वामिकार्तिक–बूढीगङ्गा यातायात समिति समेतले गाउँपालिकाबाट अनुमति लिएको यातायात समितिका अध्यक्ष बलि रावतले बताए । यसले अब यात्रुलाई सहज र भाडादरमा एकरूपता हुने भएको छ ।

भाडा कार्यान्वयन र सुरक्षित यात्राका लागि इलाका प्रशासन, प्रहरी चौकी र गाउँपालिकाले अनुगमन गर्ने र तोकिएभन्दा बढी भाडा लिएको पाइएमा व्यापारीलाई समेत कानुनी कारबाही गरिने उपाध्यक्ष धामीले जानकारी दिए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार