काठमाडौं । नेपाली आन्तरिक उडानमा ६५% भन्दा बढी हिस्सा ओगट्न सफल एयरलाइन्सको नाम हो, बुद्ध एयर । त्यसो त, बुद्ध एयरले छोटो समयमै सर्वसाधारणको मन जित्न सफल भएका थिए । तर, पछिल्लो समय बुद्ध एयरको यात्रामा यस्तो घट्ना घटेका छन्, जसले यात्रा गर्नअघि यात्रुले सोच्न बाध्य हुनुपरेको छ ।
बुद्ध एयरमा घटेका केही घट्नाहरुका कारण बुद्ध एयरमाथि विश्वासनीयता समेत ह्वात्तै घटेको पाइएको छ । बुद्ध एयरले सोमबारको घट्नाबारे जारी गरेको प्रेस विज्ञप्तिमा प्रतिक्रिया दिने सर्वसाधारणले पनि बुद्ध एयरमाथि विश्वासनीयता घटेको र घट्नाका कारण बुद्ध एयरमाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरेका छन् ।
हो, बुद्ध एयरका पछिल्लो घट्नाक्रमले यात्रुहरुले बुद्ध एयर चढ्दा म सुरक्षित छु भन्ने महसुस गर्न सकिने अवस्थाको विश्वासनीयता गुमाएको सोमबारको यात्रामा रहेका एकजना यात्रुले उज्यालो नेटवर्कसँग सुनाए । ‘म सुरक्षित छु भनेर बुद्ध एयरमा यात्रा गर्ने अवस्था रहेन’ ती यात्रुले आफ्नो नाम नछाप्ने शर्तमा भने, ‘आज नयाँ जीवन पाएको महसुस गरे, पाइलटलाई धन्यवाद, तर, बुद्ध एयरमा सायद मेरो यात्रा हुँदैन, बुद्ध एयर सुरक्षित छ भन्ने आभाष नदिलाएसम्म बुद्ध एयरले सम्झिनुपर्छ, एकजना नियमित यात्रु गुमायो ।’
सन् १९९७ अक्टोबर ११ मा बुद्ध एयरले पहिलोपटक पटक सगरमाथा माउन्टेन फ्लाइट गरेर आफ्नो व्यवसायीक यात्रा सुरु गरेको थियो । यसको महाप्रबन्धक बिरेन्द्र बहादुर बस्नेत हुन् ।
सन २०१८ सम्म फ्रान्सेली कम्पनी एटिआरका ७२ सिट क्षमताका ६ ओटा र ४७ सिट क्षमताका ३ वटा तथा बिचक्राफ्टका १८ सिट क्षमताका २ ओटा गरी ११ वटा जहाज मार्फत सेवा प्रदान गर्दै आएको बुद्ध एयरले हाल १३ ओटा जहाजलेमार्फत् सेवा दिइरहेका छन् । जनताको ठुलो भरोसा बुद्ध एयरमाथि गरेको भए पनि पछिल्लो घट्नक्रमले बुद्ध एयर चढ्नु र यमराजको जहाज चढ्नु एउटै हुन् भन्न थालिसकेका छन् ।
नेपालको आन्तरिक उडानतर्फ नेपालगञ्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर,भद्रपुर , पोखरा, धनगढी, सर्खेत, तुम्लिङटार लगायत दर्जनौं ठाउमा सेवा प्रदान गर्दै आएको बुद्ध एयर पछिल्लो एक वर्षको इतिहास हेर्ने हो भने कहिले ल्यान्डिङ गियर नखुल्ने, कहिले ककपिटमा धुवा देखिने त कहिले जहाजभित्रै यात्रुहरु बेहोस हुने गरेको नाममा सम्बन्धित ठाउँमा अवतरण नगरी सिधै काठमाडौं अवतरण गरेका घट्नाहरु छन् ।
दैनिक १०० भन्दा बढी उडान गरेर बजारको आधा हिस्सा भन्दा बढी हिस्सा ओगट्नु बुद्ध एयरमाथिको भरोसा हुँदाहँुदै पनि पछिल्लो घट्नक्रमले बुद्ध एयरले आफ्नो छवि बिगारेका छन् । बुद्ध एयरमाथि विश्वासनीयता कम हुँदै गम्भीर प्रश्न उठाउनेखाले केही घट्नाक्रम तल उल्लेख गरेका छौँ ।
घट्ना –१
सोमबार बुद्ध एयरको जहाज चढेर काठमाडौंबाट पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ जहाज पोखरा नपुगी काठमाडौं फिर्ता भयो । ककपिटमा धुवा देखेपछि जहाज काठमाडौं फिर्ता भएको थियो ।
विभिन्न महत्त्वपूर्ण कामकाजको लागिदेखि घुमघामका लागि पोखरा उडेका यात्रुहरूले बुद्ध एयरको चरम लाहपारबाहीका कारण मानसिक तनाब मात्रै व्यहोर्नु परेन, आफ्नो जीवनकै अन्तिम दिन हो कि भन्नेसम्म सोच्नुपर्यो ।
बुद्ध एयरको यो गैरजिम्मेवारी कदमले यात्रुहरुले लाखौं क्षति बेहोर्नुपर्यो । यस विषयमा बुद्ध एयरले न त कुनै क्षतिपूर्ति दियो, न त निशुल्क सेवा नै । अन्तर्राष्ट्रिय उडानहरुमा कुनै पनि एयरलाइन्सको कारण यात्रुहरूलाई पर्न गएको असुविधा प्रति एयरलाइन्स क्षतिपूर्ति दिने व्यवस्था छ
घट्ना –२
त्यस्तै सोमबार नै काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको विमानको पाङ्गा्र नखुलेपछि यात्रुहरु भगवानको नाम जप्दै पुनः काठमाडौं आइपुग्यो । विहान ०८ः०५ बजे बिराटनगर उडेको जहाज बिराटनगर पुग्दा क्याप्टेनले ६/७ पटक अवतरण गराउने प्रयास गर्दा पनि नसकेपछि जहाज काठमाडौं फर्काएका थिए ।
काठमाडौं आएपछि पनि ८÷९ पटक आकाशमा घुमाएको घुमाएकै गरेपछि यात्रुहरु त्रसित भएका थिए । यात्रुहरूले ढोका खोल्दिनुस हामी हाम फाल्छौ सम्म भनेका थिए ।
केही गरेर पनि जहाजको पाङ्ग्रा नखुलेपछि इन्धन सकेर धावनमार्गमा पानी छर्केर त्यसमाथि फाम राखेर अवतरण गराउने जानकारी दिए पनि अन्तिम चरणमा क्याप्टेनले जहाज सुरक्षित अवतरण गराएका थिए ।
घट्ना– ३
आइतबार (साउन १०) गते काठमाडौंबाट धनगढीको लागि उडान भरेका बुद्ध एयरको जहाज काठमाडौंमा अकास्मिक अवतरण गरिएको थियो ।
जहाजको हाइड्रोलिकमा समस्या भएपछि काठमाडौंमै अवतरण गर्नु परेको थियो । काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरको बिएचए २५५ नम्बर उडानको एटिआर ७२ जहाजमा प्राविधिक समस्या आएपछि साँझा ६ः३० बजे काठमाडौंमा अवतरण भएको थियो ।
घट्ना –४
आइतबार (साउन–१०) गते काठमाडौंबाट नेपालगञ्ज उडेको जहाज पनि नेपालगञ्जमा ल्यान्ड नगरि काठमाडौंमै अवतरण गरेको थियो ।
भन्नलाई एकजना यात्रु बेहोस भएपछि काठमाडौं अवतरण गरेको थियो । नेपलगञ्जमै त्यत्रो सुविधा सम्पन्न हस्पिटलहरु हुदाहुदै नेपालगञ्ज पुगिसकेको जहाज किन काठमाडौं ल्याएर अवतरण गरियो त भन्ने कुराको रहस्य अर्कै रहेको स्रोतले बताए ।
स्रोतका अनुसार जहाजमा यात्रु बेहोस भएको नभइ जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं फर्केको थियो । बुद्ध एयरले आफ्नो छवि बिग्रिन्छ भन्ने डरले यात्रु बेहोस भएपछि काठमाडौं फर्काएको झुटो प्रचार गरेको स्रोतको दावी छ ।
घट्ना –५
२०६८ असोज ८ गते बुद्ध एयरको जहाजमा प्राविधिक समस्यको कारण ललितपुरको कोटडाँडामा दुर्घटना हुदा चालक दलका ३ सदस्यसहित १९ जनाको मृत्यु भएको थियो ।
काठमाडौंबाट उडेको ९ एन एईके बी–१९० जहाज क्याप्टेन जनबुद्ध ताम्राकार सहित १९ जनाको दुर्घटनामा मृत्युु भएको थियो । घट्नबाट उम्किन मौसम खराबीको कारण दुर्घटना भएको भनेप पनि बुद्ध एयरको गैरजिम्मेवारपनको कारण उक्त दुर्घटना भएको थियो ।
जहाज उडाउनु पहिले सबै प्राविधिक चिज कस्तो छ भनि ठिक जाँच नगरि जहाज उडाउदा पटकपटक उस्तै समस्य बेहोर्ने गरेको बुद्ध एयरका एक कर्मचारीले नाम नबताउने शर्तमा उज्यालो नेटवर्कलाई बताए ।
घट्ना– ६
बुद्ध एयरले एकजना मन्त्रीको लागि उडान ढिलो गरेको विषयमा गता भदौं २९ गते तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराइलाई यात्रुहरूले थर्काएको भिडियो भाइरल भएको थियो ।
डल्फिन महोत्सवमा सहभागी हुन कैलालीको टिकापुर पुगेका तात्कालिन सांस्कृतिक, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले जहाजभित्रै दुव्र्यवहार गरेको भिडियो भाइरल सार्वजनिक भएको थियो ।
बुद्ध एयरको गैरजिम्मेवारीपनको कारण एकजना जिम्मेवार मन्त्रीले गाली खानु पर्यो भने सोझासिधा जनताले मन्त्रीको कारण घन्टौसम्म कुर्नु पर्यो । यसको प्रत्येक्ष वा अप्रत्येक्षरुपमा यसको जिम्मेवार बुद्ध एयरले नै लिनु पर्छ ।
घट्ना –७
जनकपुरबाट काठमाडौं जाने बुद्ध एयरको विमान ३ घन्टा ढिलो भएपछि यात्रुहरुले २०७६ मंसिरमा जनकपुर विमानस्थल तोडफोड गरेका थिए ।
उक्त तोडफोडको घट्नमा संलग्नताको आरोपमा सर्लाही निर्वाचन क्षेत्र –१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई सैनिक हवाइ उडान ऐन २०१५ को दफा (क) को आधारमा सजय माग गरेर मुद्दा चलाएको थियो ।
यसरी बुद्ध एयरको लहापारबाहीको कारण विमानस्थलको तोडफोड देखि सांसदसम्मले मुद्दा खेप्नु परेको थियो ।
बुद्ध एयर संसारकै कम सुरक्षित
नेपालका विमानहरु मध्येका बुद्ध एयर विमान संसारकै कम सुरक्षित सूचिमा समेत परेको थियो ।
एयरलाइन्सहरुको रेटिङ गर्ने वेबसाइट ’एयरलाइन्स रेटिङ डट कम’ ले ४ सय ९ वटा विमान कम्पनीहरुको रेटिङ गर्द बुद्ध एयर असुरक्षित एयरमा परेको हो । बुद्ध एयरलाई युरोपेली युनियन (ईयू) ले कालोसूचीमा राखेको छ ।






