नारीको इज्जत लुटेर युवा संघका केन्द्रीय सदस्य डेनि लामा फरार, सत्य लामाको संरक्षण !

अनिस तामाङ २१ श्रावण २०७८, बिहीबार उज्यालो फोकस

काभ्रे । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य टेन्सन भनेर चिनिने डेनि लामा महिलाको इज्जत लुटेर फरार भएका छन् । उनीविरुद्ध बलात्कारको आरोपमा महानगरीय प्रहरी वृत्त बौद्धमा उजुरी परेको छ ।

काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं.६ स्थित ठुलोपर्सेल घर भएका लामाले काभ्रेकै एक महिलाको इज्जत लुटेर फरार भएको पाइएको हो । डेनीले यौन शोषण गरेर गरगहना, लत्ताकपडा र लाखौं रकम बोकेर फरार भएको भन्दै प्रहरीमा उजुरी परेको छ ।

करिब तीन वर्ष अगाडि सार्वजनिक कार्यक्रममा भेट भएका लामालाई पीडित महिलाले दाइ भनेर सम्बोधन गर्थे । तर एक दिन लामाले आफ्नो घरमा ‘फेमिली डिनर’ कार्यक्रम छ भनेर झुक्काएर कोठामा पुर्याइ जबर्जस्ती बलात्कार गरेको ती महिलाको भनाई छ । ‘मलाई झुक्याएर कोठामा पुर्यायो,  म कोठामा जान्छु भन्दा पनि जान दिएनन्, बरु म श्रीमती बनाउँछु म सुध्रिन्छु भन्दै मलाई जबर्जस्ती रुपमा बलात्कार गरे’ पीडित महिलाले सुनाइन् ।

आफु बलात्कारमा परेपछि पीडित महिलाले प्रहरीमा उजुरी दिन लागेकी थिइन् । तर लामाले आफु भर्खर जेलबाट छुटेकाले आगामी दिनमा सुध्रेर अगाडि बढ्छु भनेपछि उनले उजुरी दिएनन् । ‘तिमीलाई श्रीमतीको रुपमा स्वीकार गर्छु । म भर्खरै जेलबाट छुटेको हुँ, फेरि म जेल गयो भने मेरो बदनाम हुन्छ, तिमी मेरो श्रीमती हो, म अब सुध्रिन्छु भनेपछि मैले उजुरी गरिन ।’ पीडित महिलाले भनिन् ।

त्यसपछिका एकवर्ष उनीहरु श्रीमान श्रीमतीको रुपमा सँगै पनि बसे । तर, पछि डेनीले अर्कै ठाउँमा पनि श्रीमती बनाउँछु भन्दै अरु केटीहरुलाई रुम खोजेर राखिदिएको खुलासा भयो । त्यसपछि उनीहरुको सम्बन्धमा खटपट सुरु भएको थियो ।

मिलेर बसुन्जेल श्रीमानअनि श्रीमती, अहिले बलात्कारको आरोप लगाउन मिल्छ त भन्ने हाम्रो प्रश्नमा पीडित महिला भन्छिन्, ‘हाम्रो सम्बन्ध बलात्कारजस्तो घृणित कुकर्मबाट सुरु भएको हो, छोरी मान्छेको जात हो एकदिन पराइ घर जानैपर्छ भनेर मैले उनलाई श्रीमानको रुपमा स्वीकार गरेका थिए, मेरो जिन्दगी त बर्बाद बनायो बनायो अरु मजस्तो गाउँको सोझी नारीहरु यस्ता यौन पिपासुहरुको सिकार नहोस् भनेर मैले जबर्जस्तरी करणीमा उजुरी दिएको हुँ ।’

न्यायको लागि करिब दुईवर्ष अगाडिदेखि न्यायालय, प्रशासनदेखि विभिन्न राजनीतिक दलका नेताहरु कहाँ हारगुहार गर्दा पनि आफुले न्याय नपाएपछि मिडियाको सहायता लिनुपरेको उनको भनाई छ ।

विगतमा प्रहरी पठाउनेदेखि मुद्दा मामिलासम्म सहयोग गरेका काभ्रेका गुन्डा नाइके सत्य लामाले समेत हाल आएर तिनै डेनि लामालाई संरक्षण गर्ने तथा मिल्नको लागि दबाब दिदै आएको पीडित महिलाले बताइन् । ‘अहिले यो केटालाई सत्य लामा भन्नेले संरक्षण गरिरहेको छ, अपराधीलाई संरक्षण गर्ने पनि अपराधी नै हो’ उनले भनिन् ।

फरार लामा केही वर्ष अगाडि मात्रै हातहतियार खरखजाना, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा कैद सजाय भुक्तान गरेर बाहिर निस्केका व्यक्ति हुन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार